दिवाकर बाटिकामा दिवंगत वामपन्थी नेता भुसालको शालिक स्थापित

माडीको बसन्तपुरस्थित दिवाकर बाटिकामा दिवंगत वामपन्थी नेता एवं माडीका सामाजिक अगुवा दिवाकर भुसालको शालिक स्थापना गरिएको छ ।

बाटिकाको केन्द्रभागमा पित्तल निर्मित करीब २ क्विन्टल तौलको प्रतिमा ठड्याइएको हो । यो समाचार पोष्ट गर्दासम्म सो शालिकमा रंगरोगन र अन्तिम फिनिसिङको काम भने बाँकी नै रहेको छ । कलाकारहरु दिनेश्वर महतो, राजेश बराल र हरिराम अधिकारीले करीब एक महिना लगाई सो पूर्णकदको शालिक निर्माण गर्नुभएको हो ।

भोलि असोज २४ गते दिवाकर स्मृति दिवसमा शालिकको अनावरण एवं दिवाकर स्मृति ग्रन्थको लोकार्पण गरिन लागिएको हो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला कार्यालय, चितवनको आयोजनामा सञ्चालन हुने सो कार्यक्रममा नेकपाका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपाका केन्द्रीय प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाश, महासचिव विष्णु पौडेल लगायत नेकपाका प्रदेश र जिल्लास्तरका नेताहरुको सहभागिता रहने जनाइएको छ । माडी क्याम्पसको सभाहलमा औपचारिक कार्यक्रम सञ्चालन गरी शालिक अनावरणका लागि प्रचण्ड लगायतका नेताहरु दिवाकर बाटिकामा पुग्ने कार्यतालिका रहेको छ ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु