माडीको जनजीवन माध्यमिक विद्यालयमा नयाँ सभाहल निर्माण पुरा

माडीको खरकट्टास्थित जनजीवन माध्यमिक विद्यालयमा नयाँ सभाहल निर्माण गरिएको छ । माडी नगरपालिकाको करीब ३२ लाख रुपैंया लागत सहयोगमा विद्यालयको रातो भवनको तेश्रो तल्लामा सभाहल निर्माण गरिएको हो ।

विद्यालयको तेश्रो तल्लामा प्रिफाब मोडेलबाट साउण्ड सिस्टमसहितको सभाहल निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक शोभाकर गौतमले जानकारी दिनुभयो । सभाहलको निर्माण पश्चात विद्यार्थीहरुलाई श्रव्यदृश्य कक्षा सञ्चालनसंगै अभिभावक भेला, सभा, गोष्ठी आदि सञ्चालन गर्न सहयोग पुग्ने प्रधानाध्यापक गौतमको भनाई छ ।

यसैबिच, हालै नमुना विद्यालय घोषित सो विद्यालयले नमुना विद्यालयको कार्यान्वयनका अवसर तथा चुनौती बिषयक शैक्षिक अन्तरक्रिया आयोजना गरेको छ । भोलि (मंगलबार) बिहान ११ बजेदेखि विद्यालय प्राङ्गणमा सो अन्तरक्रिया कार्यक्रम सञ्चालन हुन लागेको हो । प्रदेश नं. ३ को सामाजिक विकास मन्त्रालयले प्रदेशभरका २० वटा माध्यमिक विद्यालयहरुलाई नमुना विद्यालयका रुपमा सुचिकृत गरेकोमा माडीको पहिलो नमुना विद्यालयको रुपमा जनजीवन माध्यमिक विद्यालय सो सुचीमा परेको हो ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु