दशैंको अवसरमा बसन्तपुरमा नवदूर्गाको पूजा विशेष कार्यक्रम हुने

आउँदो बडादशैंको शुभ अवसर पारी माडीको बसन्तपुर बजारमा नवदूर्गा भवनीको पूजा विशेष कार्यक्रम हुने भएको छ ।

नवदूर्गाको मुर्ती एवं मण्डप खडा गरी बसन्तपुर बजारस्थित नयाँ मञ्चमा भजन कीर्तनसहितको नवदूर्गा पूजा कार्यक्रम हुने भएको हो । पूजा सञ्चालन र व्यवस्थापनका लागि बसन्तपुरका सामाजिक अगुवा कमल रामदामको अध्यक्षतामा २५ सदस्यीय मूल आयोजक समिति गठन भएको छ । समितिको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः गुरुदत्त गुरागाईं, मनोज कुमार श्रेष्ठ, खगेश्वर भुसाल र राधा बस्याल पौडेल रहनुभएको छ । आउँदो असोज १२ गते घटस्थापनादेखि दशैंभर पूजा अर्चना सहित भव्यतापूर्वक दशैं मनाइन लागिएको पूजाका संयोजक रामदामले जनाउनुभयो ।

त्यसैगरी विधागत कामहरुको व्यवस्थापनका लागि विभिन्न उपसमितिहरु समेत गठन भएका छज् । यस अन्तरगत मनोज कुमार श्रेष्ठको संयोजकत्वमा दूर्गा पूजा व्यवस्थापन, भोजप्रसाद महतोको संयोजकत्वमा मञ्च व्यवस्थापन, सरोज लामिछानेको संयोजकत्वमा प्रचार प्रसार, होमनाथ अधिकारीको संयोजकत्वमा भजन कीर्तन व्यवस्थापन, राधा बस्याल पौडेलको संयोजकत्वमा आर्थिक व्यवस्थापन, नबिन बस्यालको संयोजकत्वमा स्वयम् सेवक परिचालन, नारायणी ओझाको संयोजकत्वमा सरसफाई, दूर्गा वाग्लेको संयोजकत्वमा प्रसाद व्यवस्थापन, अनुप भुसालको संयोजकत्वमा साउण्ड सिस्टम व्यवस्थापन र गुरुदत्त गुरागाईंको संयोजकत्वमा अनुगमन उपसमिति गठन गरिएको हो । सो पूजा विशेष कार्यक्रमको आधिकारिक मिडिया स्वदेश एफ.एम. ९३.२ मेगाहर्ज रहेको छ ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु