निजामती सेवा दिवसको अवसर पारी माडीमा बिरामीलाई फलफूल वितरित

१६औं निजामती सेवा दिवसको अवसर पारी माडीको बघौंडा अस्पतालमा भर्ना भई उपचार गराइरहेका बिरामीहरुलाई फलफूल वितरण गरिएको छ ।

निजमती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनले देशैभर रचनात्मक काम गरी निजामती सेवा दिवस मनाउन परिपत्र गरेअनुसार माडीका कर्मचारीहरुले बघौंडा अस्पतालमा बिरामीहरुसंग भलाकुसारी गर्दै फलफूल वितरण गरेका हुन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलको अगुवाईमा माडीमा कार्यरत निजामती कर्मचारीहरु सहभागी रहेको सो कार्यक्रममा माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालको विशेष उपस्थिति रहेको थियो ।

निजामती सेवा दिवसको अवसरमा वृक्षारोपण, सरसफाईजस्ता कार्यक्रम हुँदै आएको छ । नेपालमा २०६० सालदेखि निजामती दिवस मनाउन थालिएको हो । नेपालमा करिब ८३ हजार निजामती कर्मचारी रहेका छन् ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु