इतिहासमै पहिलोपटक माडी नगरभित्रै स्नातकोत्तर तहको परीक्षा सञ्चालित

माडीको इतिहासमै पहिलोपटक स्नातकोत्तर तहको परीक्षा माडी नगरभित्रै सञ्चालन भएको छ । स्नातक र स्नातकोत्तर तह सञ्चालनमा रहेको माडीको एकमात्र शैक्षिक संस्था माडी क्याम्पसमा एम.एड. प्रथम सेमेस्टरको परीक्षा सञ्चालन भएको हो ।

क्याम्पसबाट परीक्षामा सहभागी हुनुपर्ने कुल १५ मध्ये १२ जना परीक्षार्थीहरु परीक्षामा उपस्थित भएका छन् । सुरक्षाकर्मी र बाह्य पर्यवेक्षकको उपस्थितिमा परीक्षा सञ्चालन भएको र जारी भदौ अन्तिम सातासम्म परीक्षा जारी रहने क्याम्पस प्रमुख नेत्र प्रसाद गौतमले जानकारी दिनुभयो । पहिलो दिन शिक्षाका आधारहरु र दोश्रो दिन उच्चस्तरीय शैक्षिक मनोबिज्ञान बिषयको परीक्षा चलेको हो । बिहान ११ देखि परीक्षा सुरु भई दिउँसो २ बजेसम्म जारी रहने क्याम्पसले जनाएको छ ।

यसैबिच, माडी क्याम्पसले स्नातकोत्तर तहको परीक्षा केन्द्र प्राप्त गरेपनि स्नातक र उच्च माध्यमिक तहको परीक्षा केन्द्र भने पाउन सकेको छैन । सुरुवातमा १० जोड २ तहको परीक्षा सो क्याम्पसमा सञ्चालन हुने गरेको भएपनि पछिल्लो समय जनकल्याण माध्यमिक विद्यालयमा हुनेगरेको छ भने स्नातक तहको परीक्षामा सहभागी हुन त्यहाँका विद्यार्थीहरु भरतपुर जानुपर्ने बाध्यता रहिआएको छ ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु