अमेरिकामा इन्टरनेट बिनै फोनमार्फत स्वदेश एफ.एम. सुन्न मिल्ने

संयुक्त राज्य अमेरिका लगायतका देशहरुमा आजदेखि इन्टरनेटको प्रयोग नगरी कल टु एक्सनमार्फत सहज रुपमा स्वदेश एफ.एम. सुन्न मिल्ने भएको छ । अमेरिकामा ०१-५१८-८०१-१३१८ नम्बरमार्फत सहजरुपमा चौबिसै घण्टा स्वदेश एफ.एम.का कार्यक्रमहरु सुन्न सकिने रेडियोका स्टेशन म्यानेजर अपेक्षा चौधरीले जनाउनुभयो ।

त्यसैगरी, स्वदेश एफ.एम.ले आजैबाट राष्ट्रिय स्तरको डिजिटल अनलाइन पत्रिका समेत प्रकाशनमा ल्याएको छ । यसअघिको स्थानीय स्तरको पत्रिकालाई स्तरोन्नति गरी स्वदेश अनलाइन प्रकाशनमा ल्याइएको रेडियो व्यवस्थापनले जनाएको हो ।

साउटकास्टको विश्वव्यापी तथ्यांकका आधारमा माडीको सर्बाधिक सुनिने र नम्बर १ रेटिङमा रहेको यस रेडियोले स्थापनाकालदेखि प्रकाशन गरेको सम्पूर्ण सामग्री सुरक्षित रहनेगरी राष्ट्रिय स्तरको नयाँ डोमेनमा अनलाइन पत्रिका प्रकाशन थालेको हो । अनलाइनमार्फत स्थानीयसंगै प्रादेशिक, राष्ट्रिय, अन्तर्राष्ट्रिय, खोजमुलक तथा अन्य खालका समाचार र विचार सामग्री पढ्न, रेडियो सुन्न र श्रव्यदृश्य सामग्रीहरु हेर्न मिल्ने छ ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु