पाँचपाण्डव क्षेत्रकाे नदी कटान राेक्न रिउ खोलाको डाइभर्सन निर्माण हुँदै

रीउ नदीको बहाव धार बदल्न माडीबासीहरुले गरेको फरक शैलीको दवाबको प्रभावस्वरुप रिउ खोलाको डाइभर्सन निर्माण भइरहेको छ ।

पाँचपाण्डव क्षेत्रमा रीउको कटानका कारण होमस्टेहरु भत्काउनु परेको र पाँचपाण्डव बस्ती नै धरापमा परेको सन्दर्भमा माडीबासीहरु कोदालो र बेल्चाको भरमा रीउको धार बदल्न बाढीग्रस्त खोलामा जुटेर खोला खन्ने काम गरी नगरपालिकालाई दबाब दिएका थिए । दबाबको प्रभावस्वरुप माडी नगरपालिकाले चितवन राष्ट्रिय निकुञ्ज र जिल्ला प्रशासन कार्यालयसंग समन्वय गरी नदीको पानी बग्ने बाइपास निर्माणमा जेसिबी खटाएको छ ।

रिउले कटान गर्दै जाँदा हाल खोला घरान बोटे गाउँ, द्रौपतिनगर, पाण्डवनगर गाउँ छेउबाटै बग्दै आएको छ । रिउखोला बगिरहेको सो क्षेत्रको सबै जमिन ब्यक्तिगत लालपुर्जा भएको खेतियोग्य जमिन हो । रिउले बर्सेनी कटान गर्दै बस्तीको नै उठिबास हुन थालेपछि रिउखोला पुल नजिकैबाट खोला घरान खन्ने काम भैरहेको हो ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु