चितवनमा यात्रुबाहक बस दुर्घटना हुँदा ३८ घाइते, १ को अवस्था गम्भीर

चितवनमा यात्रुबाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् । मंगलबार राती काठमाण्डौबाट सर्लाहीको मलङ्गावातर्फ जाँदै गरेको ना ५ ख ५३४४ नम्बरको रात्रीबस भरतपुर-१२, आस्था चोकमा करीब १२:३० बजे दुर्घटना हुँदा ३८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको पुरानो मेडिकल कलेज (कलेज अफ मेडिकल साइन्सेस) र भरतपुरको नयाँ मेडिकल कलेज (चितवन मेडिकल कलेज) मा उपचार भइरहेको छ । घाइतेमध्ये १ को अवस्था गम्भीर, २६ जनाको अवस्था मध्यम र १० जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बस आफैँ अनियन्त्रित भएर सडक छेउको पीपलको रुखमा ठक्कर खाएपछि दुर्घटना भएको प्रहरी श्रोतले जनाएको छ ।

दुर्घटनामा चालक पनि सामान्य घाइते भएका छन् । बसमा करिब ४५/४६ जना रहेको बताइएको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । (तस्वीर : कोमल चन्द्र भगत)

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु