नेकपा प्रवक्ता श्रेष्ठद्वारा माडीका अगुवा नेता कार्यकर्ताहरुलाई प्रशिक्षण

नेकपाका केन्द्रीय नेता एवं पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले माडीमा रहेका नेकपाका अगुवा कार्यकर्ताहरुसंग प्रशिक्षणात्मक भेट गर्नुभएको छ ।

दिवंगत वाम नेता एवं सामाजिक अगुवा दिवाकर भुषालको सोह्राैं स्मृति दिवसको तयारीका सन्दर्भमा माडी आउनुभएका नेता प्रकाशले पारिजात सामुदायिक पुस्तकालयको सभाहलमा माडीका अगुवा नेताकार्यकर्ताहरुसंग छलफल गर्नुभएको हो । समसामयिक राजनैतिक परिस्थिति, सरकारले गरिरहेको काम, अहिलेको समयमा अगुवा नेता कार्यकर्ताहरुको भूमिका लगायतका बिषयमा नेता प्रकाशले प्रशिक्षण दिनुभएको थियो । सो क्रममा कार्यक्रमका सहभागीहरुले विभिन्न जिज्ञासा, प्रश्न र असन्तुष्टीका बिषयहरु उठान गरेका पनि थिए ।

कार्यक्रममा माडीका नगर प्रमुख, उपप्रमुख, नेकपाका प्रदेश एवं जिल्लास्तरका नेताहरुसंगै माडीभरका करीब एक सयभन्दा बढी अगुवा नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु