माडीका विभिन्न गाउँ ठाउँमा सरसफाई अभियान सञ्चालित

डेङ्गु रोगको प्रकोप बढ्दै जाँदा माडीका विभिन्न गाउँठाउँमा सरसफाई अभियान सञ्चालन गरिएका छन् ।

माडीको दिवानगर, कीर्तनपुर, चिरौली, गर्दी, कीर्तनपुर, माथिल्लो देबेन्द्रपुर, राईटोल, कान्तिपुर, खरकट्टा, शिवद्वार, कृष्णनगर, बगहीँ लगायतका गाउँहरुमा सरसफाई कार्यक्रम सञ्चालन गरिएको हो । अन्य केहि ठाउँहरुमा पनि सरसफाई अभियान चलाइएको र बाँकी ठाउँहरुमा आउँदा दिनहरुमा अभियान चल्ने माडी नगरपालिकाका सुचना अधिकृत प्रवीण भण्डारीले जनाउनुभयो ।

अधिकांश गाउँठाउँमा स्थानीय टोल सुधार समितिहरुको अगुवाईमा सरसफाई गरिएको हो । माडी नगरपालिका वडा नं. २, चिरौलीमा भने चिरौली युवा क्लब तथा स्थानीय महिला समूहहरुले गाउँ सफाई गरेका हुन् । त्यस्तै गर्दीमा गर्दी महिला समूहको अगुवाईमा स्थानीय महिला तथा पुरुषहरुले संयुक्तरुपमा गाउँ सफाई गरेका हुन । गर्दी गाउँमा करीब १० बर्षदेखि हरेक १ र १५ गते गाउँ सरसफाई हुँदै आएको छ ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु