जितियाको अवसरमा माडीको बरुवामा जितिया झम्टा कार्यक्रम हुने

थारु समुदायको महान पर्व जितियाको अवसरमा माडीको बरुवामा जितिया झम्टा विशेष कार्यक्रम हुने भएको छ ।

थारु कल्याणकारिणी सभा क्षेत्र नं. १, माडीको आयोजना तथा स्वदेश एफ.एम. ९३.२ मेगाहर्जको सह-आयोजनामा आउँदो असोज ३ गते जितिया झम्टा विशेष कार्यक्रम हुने भएको हो । कार्यक्रममा स्टार स्पोर्टस् क्लबले स्वयम्-सेवक व्यवस्थापन गर्ने भएको छ । बरुवा बजारस्थित श्रमजीवि खाजा घरमा आज थारु कल्याणकारिणी सभा क्षेत्र नं. १ माडी, स्वदेश एफ.एम. र स्टार स्पोर्टस् क्लबबिच भएको संयुक्त बैठकले थारु जितिया झम्टा विशेष साँस्कृतिक कार्यक्रमको जिम्मेवारी बाँडफाँड गरेको हो ।

कार्यक्रम अन्तरगत सहभागितामुलक ढंगबाट माडी क्षेत्रका सम्पूर्ण थारु गाउँ वा समूहहरुद्वारा थारुको साँस्कृतिक महत्वको जितिया झम्टा प्रदर्शन गरिने छ । थारु कल्याणकारिणी सभाले क्रम हरेक बर्ष थारु जातीको आकर्षण र पहिचानका रुपमा रहेको जितिया झम्टा प्रदर्शनी कार्य सञ्चालन गर्दै आएको छ । जितिया झम्टा थारु समुदायसंगै अन्य समुदायको लागि समेत आकर्षण र दर्शनीय साँस्कृतिक झाँकीका रुपमा चर्चित रहेको छ ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु