बाँदरझुलामा जारी तीज कपको उपाधी वनशक्ति युवा क्लब, ठोरीलाई

युवा दर्शन समाज क्लवको आयोजनामा बाँदरझुलामा सञ्चालित तीज कप फुटबलको उपाधी वनशक्ति युवा क्लब, टाउन, ठोरीले उचालेको छ ।


सोमबार सम्पन्न फाइनलमा वनशक्तिल युनाइटेड क्लब बाँदरझुलालाई ५–० को फराकिलो गोलअन्तरले पराजित गरी उपाधी उचालेको हो । प्रथम र दोश्रो हुन सफल वनशक्ति र युनाइटेड क्लबले शिल्ड मेडल र प्रमाणपत्रका साथ नगद क्रमशः रु ५० हजार र २५ हजार पुरस्कार जितेका छन् । विजेता टोलीसंगै विधागत उत्कृष्ट ठहरिएका खेलाडीहरुलाई माडी नगरपालिकाका प्रवक्ता शिवहरि सुवेदी र कार्यपालिका सदस्य जगराम प्रजा लगायतले पुरस्कार एवं प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु