रेबिका बाल प्रतिष्ठानद्वारा असोज ९ देखि १९ गतेसम्म दशैं महोत्सव – २०७६ हुने

रेबिका बाल प्रतिष्ठान, नारायणगढको आयोजनामा दशैं महोत्सव-२०७६ हुने भएको छ । दशैंको अवसर पारी नारायणी किनारको प्रदर्शनी चौरमा दशैं महोत्सव हुने भएको हो ।

आउँदो असोज ९ देखि १९ गतेसम्म महोत्सव सञ्चालन हुने र त्यसकै सन्दर्भ पारी असोज १२ देखि १७ गतेसम्म नारायणगढको क्याम्पाचौरमा फुड फेस्टिबल समेत सञ्चालन हुने रेविका वाल प्रतिष्ठानका संस्थापक तथा महोत्सव मूल आयोजक समितिका संयोजक सुल्तान मिर्जाले जानकारी दिनुभयो । महोत्सवमा पशुपति शर्मा, रामजी खाँड, प्रकाश सपुत, सन्दीप क्षेत्री लगायतका कलाकारहरुको विशेष प्रस्तुती रहने जनाइएको छ । महोत्सवको प्रवद्र्धक नेपाल पर्यटन बोर्ड काठमाडौं रहेको छ ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु