कीर्तनपुर बजार समितिद्वारा खुला तीज गीत र नृत्य प्रतियोगिता सम्पन्न

कीर्तनपुर बजार ब्यवस्थापन समितिको आयोजनामा खेलकूद सामग्री सहयोगार्थ विविध साँस्कृतिक कार्यक्रम तथा खुला तीज गीत र नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

मध्य माडीको कीर्तनपुरमा शुक्रबार ऋषिपञ्चमी पर्वको अवसर पारी सो कार्यक्रम सञ्चालन गरिएको आयोजक पक्षले जनाएको छ । कीर्तनपुर बजारमा शुक्रबार दिउँसो करीब २ बजे सुरु भएको सो कार्यक्रममा खुला नृत्य प्रतियोगिता तथा समूहगत रुपमा तीज गीत गायन प्रतिस्पर्धा भएको थियो । बजार व्यवस्थापन समितिका अध्यक्ष डोलनाथ आचार्यको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि माडी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष बालकृष्ण सापकोटा रहनुभएको थियो ।

साे तीज गीत प्रतियोगितामा बुल्बुले कमल कुण्ड आमा समूह देबेन्द्रपुर प्रथम, लाुपाते आमा समूह देबेन्द्रपुर दोश्रो तथा प्रेरणा बाल समूहले तेश्रो स्थान हासिल गर्न सफल भएको छ । त्यसैगरी खुला नृत्यतर्फ दीक्षा घिमिरे प्रथम, सरस्वती आचार्य दोश्रो तथा सोनिका क्षेत्रीले तेश्रो स्थान हासिल गर्नुभयो । कीर्तनपुर बजार व्यवस्थापन समितिको आयोजनामा हरेक बर्ष ऋषिपञ्चमी पर्वको दिनमा साँस्कृतिक कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु