काँग्रेस वडा समितिले वडा कार्यालयमा ध्यानाकर्षण तथा सचेतना पत्र बुझायाे

नेपाली काँग्रेस माडी नगरपालिका वडा नं. ४ वडा समितिले स्थानीय वडा कार्यालयमा ध्यानाकर्षण तथा सचेतना पत्र बुझाएको छ । हिजो दिउसो माडी नगरपालिका वडा नं. ४ को कार्यालय, सिधुवामा काँग्रेस वडा नं. ४ का सभापति बेद प्रसाद पाण्डे नेतृत्वको टोलीले वडाध्यक्ष चन्द्रदीप महतोलाई ध्यानाकर्षण तथा सचेतना पत्र हस्तान्तरण गरेको हो ।

ध्यानाकर्षण तथा सचेतना पत्रमार्फत काँग्रेस वडा समितिले वडा कार्यालयद्वारा सञ्चालन भएका विकास निर्माण कार्य सन्तोषजनक नभएको आरोप लगाएको छ । त्यसैगरी नगरपालिकाको कर प्रणालीको आलोचना गर्दै त्यसलाई सहुलियत गर्न अनुरोध गरेको भने सार्वजनीक सुनुवाई नगरिएको तथा योजनाबारे सार्वजनिक जानकारी नदिइएको जिकिर गरेको छ ।

ध्यानाकर्षण पत्र ग्रहण गर्दै वडाध्यक्ष चन्द्रदीप महतोले वडा कार्यालयबाट हल हुनसक्ने कामहरु वडामार्फत हल गर्ने र कतिपय कामहरु नगरपालिका, प्रदेश सरकार तथा संघीय सरकारले मात्र हल गर्नसक्ने बिषयहरु रहेकाले सम्बन्धित निकायमा पहल गर्ने जनाउनुभयो । ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा काँग्रेसका वडा समितिका पदाधिकारीहरुसंगै स्थानीय नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु